नियम
खोजतलास कार्यको अनुमतिपत्र दिनु पर्ने

(१) नियम ६ बमोजिम निवेदन प्राप्त भएपछि विभागले आवश्यक जा“चवुझ गरी निवेदन दिने व्यक्तिलाई अनुमतिपत्र दिन उपयुक्त देखेमा अनुसूची–४ बमोजिमको दस्तुर लिई अनुसूची–५ बमोजिमको ढा“चामा खोजतलास कार्यको अनुमतिपत्र दिनेछ ।्
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र दिने गरी विभागले निर्णय गरेको जानकारी दिएको मितिले तीस दिन भित्र निवेदक आफैंं वा निजको प्रतिनिधिले अनुमतिपत्र बुझिलिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको म्याद भित्र अनुमतिपत्र बुझीनलिएमा सो अनुमतिपत्रि स्वतः रद्द हुनेछ ।